इयूका आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने हुनुभएको छ ।

उहाँ एक दिने भ्रमणका लागि बुधवार काठमाडौं आउन लागेको ईयूको काठमाडौंस्थित दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उहाँले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उहाँले भ्रमणका क्रममा छलफल गर्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?