अभिमन्यु त नेपाल आमालाई बनाइएको छ

Read Time = 16 mins

✍️ मणि शर्मा

भिक्टोरिया नुल्याण्ड नेपाल भ्रमण गरी अमेरिका फर्केकी छिन् । यिनी अमेरिकाको यस्तो एउटी पात्र हुन, यिनी जुन देशमा पसिन् वा जुन देशप्रति बकक्रदृष्टि लगाइन् त्यो देशलाई बर्बाद नै पारेर छाडिदिइन् । सन् २०१३ मा यिनको आँखा युक्रेनमाथि गड्यो । युक्रेनमा अमेरिकी नीति लाद्न यिनले युक्रेनलाई समृद्ध तथा प्रजातान्त्रिक मुलुक बनाउन पाँच बिलियन डलर लगानी गर्न सरकारलाई सल्लाह दिइन् । जनवरी २८, २०१४ मा उनले युक्रेनस्थित अमेरिकी राजदूत ज्योफ्रे प्याटसँग गरेको टेलिफोन संवाद ४ फेब्रुवरी, २०१४ मा युट्युब माध्यमबाट सार्वजनिक भएको थियो । जसमा उनले युक्रेनमा हुने आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने बारे छलफल भएको थियो ।

उनले संयुक्त राष्ट्रसंघ वा युरोपियन युनियन किभको राजनीतिक समाधानमा कुनै पनि हालतमा संलग्न हुनु हुँदैन भन्दै युरोपियन युनियनलाई गाली दिएकी थिइन्, जसलाई जर्मनीले उनको भनाइ सर्वथा अस्वीकार्य छ भनेर विरोध गरेको थियो । अमेरिकामा उनलाई विद्रोह गराउन सक्ने दक्ष व्यक्तिको रूपमा लिइन्छ । सन् २०१४ मा युक्रेनलाई उनको सिफारिशमा एक अर्ब बिलियन डलर ऋण स्वीकृत गरियो । सन् २०१६ मा युक्रेनलाई युद्ध सामग्रीहरू दिइयो । अमेरिकाबाट सृजित राजनीतिक समस्याले जब युक्रेन गाँजिन्छ उनले युरोपियन युनियनलाई रुसप्रति कडा कदम चाल्न सल्लाह दिइन् । ट्रम्प प्रशासनका बेला उनले भनेकी थिइन्, अमेरिकाले राजनीतिक अवस्था तथा अन्तर्राष्ट्रिय कारणले असन्तुष्ट देशहरूका लागि हाम्रो ढोका खुला राख्नु पर्दछ ।

युक्रेनको अहिलेको दुर्दशाको मुख्य जिम्मेवार यिनी नै हुन् । सन् २००३ देखि २००५ सम्म उपराष्ट्रपति डिक चेनीको सल्लाहकार हुनुपूर्व यिनको इराक युद्धमा पनि महत्वपूर्ण भूमिका थियो । यिनी नाटोको राजदूत भएका बेला अफ्गानिस्तान माथि अमेरिकी आक्रमणको युरोपियन युनियनसँग समर्थन जुटाउन व्यस्त थिइन् । नेपालमा भएको वर्तमान भ्रमण पनि राजनीतिक अस्थिरताबीच भएको छ । रवि लामिछानेको मुद्दा एकतिर छ भने अर्कोतिर आगामी राष्ट्रपतिको चुनाव दैलोमा आइपुगेको अवस्था छ । सभामुख एमालेको भागमा गएको छ र राष्ट्रपति पनि उसैको हुनुपर्ने दाबी छ ।

अर्जुन तथा सुभद्रापुत्र अभिमन्युका बारेमा हामी सबै जानकार छौँ । अभिमन्यु विराट राजाकी पुत्री सुभद्रातिरका नाति थिए । एउटा प्रचलित भनाइ छ भगवान श्रीकृष्णले नै महाभारत युद्धमा दुवै पक्षले बनाएको युद्ध नियमलाई तोड्न अभिमन्युलाई चक्रव्युहमा जान प्रेरित गरेका थिए ।

महाकाली सन्धिमा अस्पतालको शैय्यामा भएका मनमोहन अधिकारीको चाहनाविपरीत उनको सट्टामा वैकल्पिक उम्मेदवार बनी उनकै एक मतले एमालेले राष्ट्रघाती महाकाली सन्धिमा समर्थन गर्ने निर्णय गर्ने इण्डियन लबीका देवराज घिमिरे सभामुख बनेका छन् । अब राष्ट्रपति अमेरिकाले आफ्नो पक्षको चाहेको छ वा आफू र इण्डियाको साझा व्यक्तिलाई बनाउन चाहेको छ । यो घटनाले सरकार ढल्ने निश्चित प्रायः अवस्था छ । इण्डिया र अमेरिकाले चाहेको पूर्ण सरकार कि त अस्थिर स्वभावका पुष्पकमल दाहालको वा अमेरिकाको प्रिय देउवाको नेतृत्वमा वा दुवैले आधा आधा समय चलाउने गरी हुनेछ । नुल्याण्डको नेपाल आगमनको एउटा स्वार्थ राष्ट्रपति पनि हो ।

नेपाली नागरिकतालाई विस्थापन गर्न ल्याइएको शंकास्पद राष्ट्रिय परिचयपत्र लागू गरेर वंशज र अंगीकृत नागरिकलाई एउटै स्थानमा राख्ने खेल हो । अहिलेसम्म आफूलाई राष्ट्रवादी भन्ने दलहरूले पनि यसको विरोध गरेका छैनन् । यसरी शरणार्थीलाई पनि भविष्यमा गएर राष्ट्रिय परिचयपत्र दिने वातावरण बनाउन बाध्य पार्न उनको भ्रमण भएको हो । उनले एमसिसीमाथि बल दिएकी छिन् । एसपिपी सम्झौता पनि यसको माध्यम हो । हुन सक्छ उनी भित्री रूपमा दाहाल र देउवालाई यसतर्फ ध्यान आकर्षित गराउन सफल भएकी छिन् ।

आफ्नो नेपाल भ्रमणताका उनले, अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधको क्षेत्रमा भइरहेको अपराधलाई रोक्न नयाँ ढंगमा सहयोग गर्दै आगामी दिनमा झन सशक्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले साइबर क्राइमको बारेमा बोल्नुअगाडि नै त्रिभुवन विमानस्थलको साइबर हृयाक हुनु संयोग हो कि पूर्वषड्यन्त्र । साइबर टेक्नोलोजीको जिम्मा अमेरिकालाई दिएपछि मुलुकको गोपनीयताको अन्त्य भई यहाँको अर्थतन्त्र धरापमा पर्नेछ र प्रत्येक गोप्य कुरा अमेरिकाले प्राप्त गरेर राष्ट्रिय सुरक्षालाई कमजोर पार्नेछ । विमानस्थलमाथि भएको साइबर आक्रमण यसको एउटा उदाहरण हो ।

उनले एमसिसीमाथि जोड दिएकी छन् । यस सम्झौतामा अमेरिकी उत्पादन र रोजगारीमा असर पु¥याउन पाइने छैन भनिएको छ । अमेरिकी उत्पादन भनेको हतियार हुनसक्छ र अमेरिकाले एमसिसीको नाममा यहाँ गरिने खनिजजन्य वस्तुहरूको उत्खनन्लगायत स्रोतहरू हुनसक्छ । उसले यसमा आफ्नो एकाधिकार खोजेको छ र यसमा नेपाल र नेपाली जनताले व्यवधान दिन पाउने छैनन् । रोजगारी भन्नाले अमेरिकी नागरिक तथा नेपाली नागरिकता बोकेको अमेरिकाप्रति बफादारहरूको रोजगारीसँग सम्बन्धित छ । अमेरिकी नीतिको विरोध गर्नेहरूलाई रोजगारीमा कुनै स्थान हुनेछैन ।

अमेरिका युक्रेनमा असफल भएपछि फेरि त्यहाँ हतियार र आर्थिक सहयोग दिएर युक्रेनलाई भड्काइरहे तापनि उसले सफलता नपाउने अवस्थामा छ । उनले नेपालले छिमेकीहरूसँग सहयोग लिँदा नेपालको सार्वभौमसत्ता तथा स्वतन्त्रतामाथि आँच नपुग्ने गरी लिन दिएको सल्लाह कोमाथि गरिएको शंका हो ? यस्तो सुन्दर वाक्य भन्ने अमेरिकाले किन नेपालसँग एमसिसी सम्झौता गरेको हो ? एकातिर इण्डियन चक्रव्युहमा फसेको नेपाल अर्कोतिर अमेरिकी चक्रव्युहमा फसिसकेको छ । यदि समयमा नेपालले यसतर्फ विचार नपु¥याउने हो भने नेपालको अवस्था चक्रव्युहमा फसेको अभिमन्यु जस्तै हुनेछ ।

अर्जुन तथा सुभद्रापुत्र अभिमन्युका बारेमा हामी सबै जानकार छौँ । अभिमन्यु विराट राजाकी पुत्री सुभद्रातिरका नाति थिए । एउटा प्रचलित भनाइ छ भगवान श्रीकृष्णले नै महाभारत युद्धमा दुवै पक्षले बनाएको युद्ध नियमलाई तोड्न अभिमन्युलाई चक्रव्युहमा जान प्रेरित गरेका थिए । सूर्य अस्ताएपछि युद्ध नगर्ने, निःशस्त्रमाथि आक्रमण नगर्ने, आत्मसमर्पण गरेकाको हत्या नगर्ने, आफूभन्दा कमजोर र बालकसँग युद्ध नलड्ने आदि । श्रीकृष्णलाई थाहा थियो अभिमन्यु चक्रव्युहभित्र पस्न त सक्छन् तर निस्कन सक्दैनन् ।

अभिमन्यु गर्भमा हुँदा अर्जुनले सुभद्रालाई चक्रव्युहमा कसरी पस्ने र कसरी निस्कने बताइरहेका थिए । तर, सुभद्रा बीचैमा निदाएकाले चक्रव्युहबाट कसरी निस्कने भन्ने कुरा गर्भमा भएका अभिमन्युले सुन्न पाएनन् । जसरी आज नेपाली जनता आफूहरू विदेशी शक्तिकेन्द्रहरूको चक्रव्युहमा फसेको त थाहा पाएका छन् तर यसबाट कसरी निस्कने भन्ने बारेमा सोच्न सकेका छैनन् । कलियुगका अभिमन्युहरूले अलिकत सोचेमात्र यस चक्रव्युहबाट निस्कन सक्छन् । तर, उनीहरूको दिमागलाई यसरी निष्क्रिय पारिएको छ कि उनीहरूले आफ्नो साँझ बिहान हातमुख जोड्नबाहेक अरू केही सोच्न सकेका छैनन् ।

चक्रव्युहमा पस्नुअगाडि अभिमन्युले सोचेका थिए आफू पसेपछि उनलाई सहयोग गर्न सहयोगी आउने छन् । तर, द्रोणाचार्यले व्यूह रचनामा अचानक फेरबदल गरी दिँदा अभिमन्युको रक्षाका लागि कोही भित्र पस्न सकेनन् । व्यूह रचना परिवर्तन हुनासाथ भीम, सात्यकि, नकुल, सहदेव आदि योद्धा चक्रव्यूहभित्र पस्न सकेनन् । कौरब पक्षले उनलाई चारैतिरबाट घेरा हाले । तैपनि उनी वीरतासँग लड्दै आफ्नो शत्रु पक्षलाई मार्दै, परास्त गर्दै अन्तिम व्यूहसम्म पुगे । उनले यस दौरान दुर्योधन पुत्र लक्ष्मणको बध गरेपछि दुर्योधन क्रोधित भए ।

१६ वर्षे बालक अभिमन्युसँग लड्न नपाउने सम्झौताविपरीत दुर्योधनले अभिमन्यु व्यूहको सातौं चरणमा पुगेपछि जयद्रथ, द्रोण, कृपाचार्य, कर्ण, अश्वत्थामा, वृहदबल, कृतवर्मा सात महारथीहरूले अभिमन्युलाई घेरेर लडिरहे । एक्लै त्यत्रो सेनासँग लड्दै अभिमन्यु थकित भइसकेका थिए । सातैजना मिलेर अभिमन्युको घोडालाई मारेपछि उनले रथको पांग्रा उचाले र धनुको सहायताले लडिरहे ।

रवि लामिछानेले आफू अभिमन्यु नभएको भनेका छन् । हो उनी अभिमन्यु हुनै सक्दैनन् । किनकि अभिमन्युले धर्मयुद्ध लडेका थिए तर रवि पापीहरूसँगै मिलेर धर्मविरुद्ध युद्ध लडिरहेका छन् । रवि लामिछाने र उनका सारथीहरू एनजिओ, आइएनजिओ पृष्ठभूमिबाट आएकाहरू छन् ।

अन्त्यमा उनको धनुष कर्णले प्रस्तक नामक वाण हानेर काटिदिए । धनुष भाँच्चिएपछि जयद्रथले उनलाई पिठ्युँपछाडिबाट धनुषले प्रहार गरे । त्यसपछि सातैजना मिलेर दश हजार कौरब सेनालाई मार्ने वीर अभिमन्युको बध गरे । यो खबर अर्जुनले थाहा पाएपछि अत्यन्त क्रोधित हुँदै पुत्र बधको बदला शत्रुपक्षको सर्वनाश गरेर लिने फैसला गरे र भोलि साँझ सूर्य अस्ताउनु अगाडि नै जयद्रथको बध गर्ने शपथ लिए । भोलिपल्ट निर्धारित समयमा आफ्नो प्रतिज्ञा पूरा गरे ।

रवि लामिछानेले आफू अभिमन्यु नभएको भनेका छन् । हो उनी अभिमन्यु हुनै सक्दैनन् । किनकि अभिमन्युले धर्मयुद्ध लडेका थिए तर रवि पापीहरूसँगै मिलेर धर्मविरुद्ध युद्ध लडिरहेका छन् । अमेरिकी तथा युरोपेली मोडलका रवि लामिछने र उनका सारथीहरू एनजिओ, आइएनजिओ पृष्ठभूमिबाट आएका र चर्चबाट पालित पोषित छन् । उनी केवल संघीयताविरोधी हुन् तर उनी आफैंले स्वीकार गरेका छन् उनी धर्म सापेक्षतावादी अर्थात् सनातन धर्मविरोधी तथा गणतन्त्रवादी हो भनेर । उनी र उनको दल सत्तामा गए पनि सेवा गर्ने हो उनै विदेशी मालिकहरूकै ।

प्रश्न यतिमात्र हो अख्तियारदेखि अदालतमा महाभ्रष्टचारीहरू तथा हत्यारा, अपराधीको मुद्दा वर्षौंदेखि थातिमा राखेर उनकै मात्र किन फाष्ट ट्रयाकबाट गरियो ? चितवनबाट उनकै कारण चुनावमा उठ्न डराएका पुष्पकमल तथा उनको भ्रष्टाचारविरोधी स्टन्टले जनता त प्रभावित भए भए खाईपाई आएका शासकवर्ग डराए । जसको परिणाम रविले भोग्दैछन् । स्टन्ट गर्ने नेताले काम गर्दैन भन्ने कुरा त तिनीहरू अवश्य जानकार हुनुपर्ने हो । अभिमन्यु त नेपाल आमालाई बनाइएको छ । नेपाल आमा देशी विदेशी शत्रुहरूको चक्रव्यूहमा फसेकी छिन् । उनी अहिले शरशैøयामा छिन् । बचाउनुपर्ने त नेपाल आमालाई छ । यसका लागि अवस्था होइन व्यवस्था बदल्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?