बार्सिलोनालाई आठ अंकको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ ।

आइतबार राति लिगअन्तर्गत सेभियामाथि ३-० को सहज जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक दूरी बढाएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, गाभी र राफिन्हालेले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको हो । यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दूरी ८ बनाएको छ ।

बार्सिलोनाको २० खेलमा ५३ अंक छ। दोस्रो स्थानको रियलको समान खेलमा ४५ अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?