नयाँ वर्षमा ‘बुलाकी’

Read Time = 2 mins

काठमाडौं । नयाँ वर्षको छेको पारेर चलचित्र ‘बुलाकी’ सिनेमाघरमा आउनेभएको छ । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् ०८० वैशाख १ गते प्रदर्शनमा आउने भएको हो । निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्रको नयाँ पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो ।

चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाइँ, सरस्वती खत्रीको अभिनय छ । कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको विषयमा केन्द्रित चलचित्रमा शिव ढकालको छांयाकन छ ।

छत्रेश्वरी म्यानेजमेन्टको व्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको चलचित्रको वितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको वितरक एफडी हो । अर्जुन जिसीले सम्पादन रहेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयं, अभिनेता विराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गर्नुभएको हो । म्युजिक डटकमले डिजिटल राइट खरिद गरेको चलचित्र डोल्पा, जाजारकोट र रुकुम पश्चिमका विकट स्थानमा खिचिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?