महिन्द्राका ट्रियो र यारी

Read Time = 1 min

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो इलेक्ट्रिक अटो र यारी एकैसाथ दमक, भैरहवा र नेपालगञ्जमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिको उपस्थितिमा तीन नयाँ बिक्री केन्द्रमा दुई सवारी सार्वजनिक गरेको हो । ट्रियो लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-हिृवलर हो ।

पछिल्ला बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ केन्द्र पुगेका छन् । कम्पनीले नगद छुट र एक्सचेन्ज मेला सञ्चालनको घोषणासमेत गरेको छ । जसमा नयाँ इलेक्ट्रिक थ्री-हिृवलर अटो ट्रियो र यारी खरिदबापत ४० हजारसम्मको नगद छुट दिने योजना ल्याएको छ । जुन फेबु्रअरी महिनाभर लागू हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?