लमजुङको बुलबुले केन्द्रविन्दु भएर गयो भूकम्प

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ । बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुले केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यस्तै कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । पछिल्लो समय पश्चिम नेपालसहितका जिल्लामा भूकम्प गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?