डोरीतानको अध्यक्षमा पौडेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति मंगलबार गठन गरेको छ । पौडेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो ।

उपाध्यक्षमा सूर्यबहादुर भट्टराई, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र कोषाध्यक्षमा शिव शैंजू रहनुभएको छ । सदस्यमा मिनराज बेलवासे, अभिलाशा पन्त, केशव ओली र सुनिता थापा हुनुहुन्छ ।

उहाँहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै पत्र हस्तान्तरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?