सिनेमाघरमा ‘आँधी तूफान २’ र ‘मनसँग मन’

Read Time = 1 min

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्रमा पदर्शनमा आउका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा ‘आँधी तूफान २’ र ‘मनसँग मन’ प्रदर्शनमा आएका हुन् । ‘मनसँग मन’लाई कैलाश राईले निर्देशन गर्नुभएको हो भने ‘आँधी तूफान २’लाई मदन घिमिरेले निर्देशन गर्नुभएको हो ।

प्रेमकथानक चलचित्र ‘मनसँग मन’मा पुष्प खड्का र वर्षा शिवाकोटी मुख्य भूमिकामा हुनुहुन्छ । अरुण तामाङ निर्माता रहेको यस चलचित्रको गीतमा पल शाह र पूजा शर्माले नृत्य गर्नुभएको छ ।

यस्तै, एक्सन जनरामा निर्माण भएको चलत्रिच ‘आँधी तूफान २’मा रवि गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुष्कर राउत, सोनी बिसी, यांशु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्कीलगायतको अभिनय छ । यो चलचित्र मौनता श्रेष्ठको लेखन एवं निर्माणमा बनेको होे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?