प्रा.राधा शर्माको समय चक्र सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्राध्यापक राधा देवी शर्मा चालिसेको समय चक्र सार्वजनिक भएको छ । राजधानीमा आयोजित विद्वान् विदुषीहरूको भव्य सहभागिता रहेको एक भव्य समारोहमा सार्वोच्च अदालतका माननीय न्यायाधीश सपना मल्ल प्रधानले समय चक्रको लोकार्पण गर्नुभएको हो ।

मन्तव्यका क्रममा लोकार्पित कृित एक सशक्त संघर्षशील र जागरुक महिलाको जीवनगाथा भएको हुनाले यसको महत्व रहेको विचार न्यायाधीश मल्लले प्रकट गर्नुभयो । प्रा.राधाशर्मा जीवनका करिब चारदशक त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकायमा प्राध्यापन गर्नुभएर लोकतान्त्रिक आन्दोलन र महिला हक, अधिकारका लागि सक्रिय हुनुहुन्छ । २४४ पृष्ठको समय चक्रमा उहाँको पारिवारिक जीवनका अनेक प्रिय-अप्रिय पहलुहरू समेटिएका छन् ।

घोष्ट राइटिङका अध्यक्ष कमल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शीर्ष समाजसेवी दुर्गा घिमिरे, प्रा.डा.विद्यानाथ कोइराला, वरिष्ठ सञ्चारकर्मी वन्दना राणा, सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिम्सिनाले कृतिमाथि समीक्षात्मक टिप्पणीसहित राधा शर्माको व्यक्तित्व बारे मन्तव्य प्रकट गर्नुभएको थियो ।

लेखक शर्माले आफ्नो जीवनको भोगाईलाई सार्वजनिक गर्दा आफूलाई सन्तुष्टि मिलेको बताउनु हुँदै भविष्यका पुस्ताका लागि यो पुस्तक आफँै पाठ हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । घोष्ट राइटिङद्वारा प्रकाशित र यशोदा तिम्सिनाद्वारा सम्पादित यो कृतिको मूल्य पाँच सय रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?