राजनीतिक स्थायित्व कायम भयो, अब विकास र समृद्धिमा ध्यान दिनुपर्छ : राष्ट्रपति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताउनु भएको छ ।

शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

देशको राजनीतिले गति र लय समातिसकेको भन्दै उहाँले देशेको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको क्रममा देशको राजनीतिले स्थायित्व पाएको बताउँदै राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएको बताउनु भयो ।

स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यका सबै अंगहरु परिचालित हुनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?