कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । शाहलाई प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
गत २७ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावल विहीवार पदमुक्त हुन भएको थियो । उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि प्रदेश सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री रावलले राजीनामा दिए पछि शाहलाई मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्नु भएको छ । उहाँले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गर्नु भएको छ ।
पद तथा गोपनियताको शपथ पछि पदभार गर्नु हुँदै मुख्यमन्त्री शाहले प्रदेश सरकारमा भएको अनियमितता र भ्रष्टचारलाई नियन्त्रण गर्ने पहिलो निर्णय गरेको बताउनु भयो ।
प्रदेश सरकार मातहत हुने कार्ययोजना तर्जुमा गनु प्रदेश सरकारले एक समिति बनाउने समेत निर्णय गरेको मुख्यमन्त्री शाहले बताउनु भयो ।
यो सरकारलाई नियमित गर्नका लागी प्रदेशका सबै पार्टीसंग बहस गर्ने गरी सबै मिलि प्रदेशको बिकास गर्नमा लागी पर्ने बताउनु भयो । मुख्यमन्त्री शाहले कृषि, पर्यटन, सडक र शिक्षालाई प्राथमिकता राखेर काम गर्ने योजना रहेको बताउनु भयो ।
को हुन् मुख्यमन्त्री शाह ?
सुदूरपश्चिमका मुख्यमन्त्रि शाह २०२८ साल माघ १० गते अछामको रामारोशनस्थित टरीगैरामा जन्मिनु भएका शाह बुबाको जागिरसँगै तराई झर्नु भएको थियो । उहाँका बुबा मंगलबहादुर शाह नेपाल प्रहरीका सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । टीकापुरको वीरेन्द्र विद्या मन्दिरबाट स्कुले शिक्षा पढनु भएका शाहले व्यवस्थापन विषय (कमर्स) मा स्नातक गर्नुभएको छ । २०४४ सालमा नेबिसंघ हुँदै उहाँ राजनीतिमा प्रवेश गर्नुभएको हो ।
क्याम्पस इकाई सदस्यबाट राजनीतिमा आउनु भएका उहाँ २०४६ सालदेखि ५२ सालसम्म तरूण दलको खेलकुद विभागमा केन्द्रीय सदस्य हुनुभयो । त्यसकै केन्द्रीय कोषाध्यक्ष र सचिव हुँदै उपाध्यक्ष समेत बन्नुभयो । पार्टीको नवौं महाधिवेशनदेखि १४ औंसम्म सहा समिति सदस्य बन्नुभएको छ ।
२०४६ र २०६३ को जनआन्दोलनमा पटकपटक गरी चार महिना बन्दी जीवन पनि उहाँले बिताउनु भएको छ । नेपाली कांग्रेसका नेता केशवसिंह कडायतको जीवनीबाट आफूलाई राजनीतिमा आउन प्रेरणा मिलेको उहाँको भनाई छ । २०७० सालको दोस्रो संविधान सभा चुनावमा कैलाली– २ बाट उम्मेदवार बन्नुभएका शाह त्यस बेला पराजित हुनुभयो । २०७९ को प्रदेश सभा निर्वाचनमा उहाँले मुख्य प्रतिस्पर्धी एमाले छाडेर नागरिक उन्मुक्तिबाट चुनाव लड्नु भएका रतन थापालाई हराएर चुनाव जित्नुभएको हो ।
चुनावपछि कांग्रेसका १९ जना प्रदेश सांसदहरूमध्ये सात जना संसदीय दलको नेता बन्न भनेर मनोनयन दर्ता भएको थियो। जसमा सबैलाई मिलाएर सहमतिमा शाह दलको नेता चयन हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच