मेवाका फाइदै फाइदा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मेवा खाँदा जति मिठो हुन्छ यो स्वास्थ्यका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यो सजिलैसँग प्राप्त हुने फलमा पर्दछ । आफ्नो घर-घरमा यसको रुख लगाउन पनि सकिन्छ । केराजस्तै मेवालाई पनि सम्पूर्ण भोजन मानिन्छ । पाकेको मेवा पहेंलो रङको हुन्छ । यसमा क्यारोटिनको भरपूर मात्रा हुन्छ । क्यारोटिन पेटमा गएर भिटामिन ‘ए’मा बदलिन्छ । जुन आँखाको रोशनीका लागि आवश्यक भिटामिन हो । मेवामा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ, जसले शरीरलाई धेरै गम्भीर रोगहरूबाट बचाउन मद्दत गर्छ । मेवामा एन्टिअक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ जसले धेरै प्रकारका गम्भीर रोग र संक्रमणबाट बचाउन मद्दत गर्छ ।

मेवामा मात्र होइन, यसको रुखको प्रत्येक भागमा कुनै न कुनै औषधीय गुण पाइन्छ । प्राचीनकालदेखि नै मेवाका पातहरू घाउ सफा गर्न, दाद र दुखाइ निको पार्न प्रयोग गरिँदै आएको पाइन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ ।

एक सय ग्राम पाकेको मेवामा क्याल्सियम १७ मिलिग्राम, फलाम ०.५ मिलिग्राम, क्यारोटिन ६६६ युजी, भिटामिन सी ५७ ग्राम पाइन्छ ।
मेवामा पोटासियम पनि पर्याप्तमात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् ।

काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोका विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ । झाडापखाला लागेका बेलामा पाकेको मेवाको सेवनले पखाला विस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको दुईपटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाउँमा राख्दा दुखाइ कम हुन्छ ।

मेवा रक्तअल्पता अर्थात् शरीरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ । रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ । काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा दुई/तीन टुक्रा खाँदा सुत्केरीको दूध बढाउँछ । शरीरमा रगतको मात्रा वृद्धि गर्छ ।

मेवामा मात्र होइन, यसको रुखको प्रत्येक भागमा कुनै न कुनै औषधीय गुण पाइन्छ । प्राचीनकालदेखि नै मेवाका पातहरू घाउ सफा गर्न, दाद र दुखाइ निको पार्न प्रयोग गरिँदै आएको पाइन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?