सेयर बजारमा उच्च गिरावट

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६.८५ अंक घटेर १८८८.२७ अंकमा झरेको छ । जुन २०७९ पुस ७ गतेयताकै न्यून हो । कारोबार भने एक अर्बभन्दा बढी भएको छ । बिहीबारको तुलनामा आइतबार १३ करोडले कारोबार घटेको हो ।

आइतबार दुई सय ५९ कम्पनीका ३७ लाख ५४ हजार तीन सय ३४ कित्ता सेयर एक अर्ब २८ करोड ९३ लाख ७१ हजार पाँच सय ३१ रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहगत सूचक घटेका छन् भने सबैभन्दा धेरै म्युचुअल फण्ड सूचक ४.७७ प्रतिशत, लघुवित्त ३.८५, व्यापार २.०४, उत्पादनमूलक २.०१, विकास बैंक १.५१, बैंकिङ १.४२, फाइनान्स १.१५ र निर्जीवन बीमा १.१४ प्रतिशतले घटेको छ । तर, मायाखोला हाइड्रोपावर र एसियन लाइफको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिञ्चोक दर्शन ६.०१, गुराँस लाइफ ४.२६ र सिद्धार्थ इक्विटी फण्ड इकाईको मूल्य ३.९० प्रतिशतले बढेको छ ।

जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक र युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त ९.९५, किसान लघुवित्त ८.८१, नेष्डो समृद्ध लघुवित्त ८.४४, मानुषी लघुवित्त ८.२० र नेसनल माइक्रो फाइनान्सको सेयरमूल्य ८.०८ प्रतिशतले घटेको छ । हिमालयन डिष्टिलरीको सर्वाधिक आठ करोड ६२ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनआइसी एसिया बैंक सात करोड ९५ लाख, नेष्डो समृद्ध लघुवित्त सात करोड ९८ हजार, नबिल बैंक तीन करोड ४७ लाख र शिवम् सिमेन्ट्सको दुई करोड ४५ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार समग्र बजार पुँजीकरण २७ खर्ब ३३ अर्ब १६ करोड ४८ लाख रुपैयाँमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?