अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु दुई घाईते

हिमालय टाइम्स
Read Time = 1 min

अर्घाखाँची  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा  एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलार्इ उपचारको लागि पाल्पा पठाइएको छ ।

प्रहरीका अनुसार टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?