चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।

कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । तर पछि चन्दा दिनेहरुको लहर नै चले पछि सामान्य मात्रै नभई कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी दिनुभयाे । त्यसकारण यहाँं अहिले साधारण मन्दिरको साटो जीवन्त धार्मिक सम्पदाको रुपमा आकर्षक मन्दिर निर्माण भएको उहाँकाे भनाइ छ ।

सल्लाहकार तुल्सीनारायण लाखेमरुका अनुसार मन्दिर निर्माण सम्पन्न गरी मन्दिरमा प्राण प्रतिस्थापन कार्यक्रमसमेत सम्पन्न भएको छ । उहाँले उक्त मन्दिर निर्माण कार्यको लागि आर्थिक तथा भौतिक सहयोग गर्नेहरुको लर्को देखेर सवैजना खुशी भएको पनि उहाँले जनाउनुभयाे । साथै उहाँले सहयोगी सम्पूर्ण दाताहरु र विभिन्न संघ सस्थाहरुलाई पनि धन्यवाद ज्ञापन गर्नुभयाे ।

इसअघि बस्ती निवासी सम्पूर्ण टोलबासीहरुको सकृयतामा  २०७९ फागुन १३ गते एक भेला गरिएको थियो । भेलाले सूर्यविनायक नगरपालिका- ८ बासीडोल चाइनिज ईट्टाभट्टाको पूर्व कम्पाउण्डसँगै श्री गणेशको मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो । योजना अनुसार २०७९ चैत १६ गते टोलबासीमध्यको जेष्ठ नागरिक सानुभाइ गोसाईबाट शिलान्यास गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?