धादिङ । धादिङको ज्यामरुङको नेत्रावती डवजोङ गाउँपालिकाका बायुगुठी पीडितहरु कडा आन्दोलनमा उत्रिएका छन् । लामो समय सम्म समस्यामा परेका पीडितहरु सरकारले समस्या समाधानका लागि कुनै पहल कदमी नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । बाध्य भएर आन्दाेलनमा उत्रिनुपरेकाे बायुगुठी समस्या संघर्ष समितिले जनाएको छ ।
यसअघि समितिले फागुन १५ गते धादिङको जिल्ला मालपोत कार्यलयमा तालाबन्दीको घोषणा गरिसकेका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा न १० र ११ ज्यामरुङ तथा नेत्रावती डवजोङ गाउँपालिका वडा नं. ५ कटुन्जेका श्री ५ को बायुगुठी पिडितहरुले समस्या समाधान नभएको भन्दै कडा आन्दोलनको तयारी गरेका हुन् ।
बायुगुठी पिडितहरुको सहभागितामा बनेको संघर्ष समितिको बैठकले आन्दोलनलाई कडा र समस्या समाधन नभएसम्मका लागि शशक्त बनाउने निर्णय गरेका छन् । देशमा परिवर्तन र चुनिदै गएका स्थानिय, प्रदेश र संघीय सरकारका राजनीतिक दल, जनप्रतिनिधिहरु तथा विभिन्न पार्टीका नेताहरुलाई पटक पटक र प्रधानमन्त्री समक्षसमेत समस्या समाधानका लागि मौखिक, लिखित दुवै रुपमा अनुरोध गर्दा पनि समस्या समाधान नभएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।
निलकण्ठ नगरपालिका तथा धादिङ जिल्लास्थित रहेका जति पनि श्री ५ को बायुगुठी पिडितहरुले फागुन १५ गते देखि अनिश्चतकालिन मालपोत कार्यालय धादिङमा तालाबन्दी गर्ने घोषणा गरेका छन् । यस पटकको आन्दोलन कडा र शशक्त हुने र समस्या समाधान नहुन्जेल जारी रहने श्री ५को बायुगुठी समस्या समाधान संर्घष समितिले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच