गठबन्धन जोगाउने नजोगाउनेमा एमाले नै निर्णायक हो : नेता साह

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले बताउनु भएको छ ।

राष्ट्रपति निर्वाचनको बिषयमा माओवादी केन्द्रले स्वतन्त्र ब्यत्तित्व खोजिरहेको बताउँदै नेकपा एमालेले पनि यसलाई साथ दिनेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

माओवादी केन्द्रको नामको सम्बन्धमासमेत छलफल भइइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहनुभएका साहले जानकारी दिनुभयो ।

मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?