जलवायु लक्ष्य हासिल गर्न अमेरिकालाई कठिन

Read Time = 2 mins

न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसँग जुध्न आफ्नो प्रशासनले गरेको काममा जोड दिए पनि बदलिँदो मौसमका कारण उत्पन्न प्राकृतिक प्रकोपका कारण लाखौं अमेरिकी जनता विस्थापित भएका छन् । नयाँ जनगणना ब्युरोको प्रतिवेदनले गत वर्ष आँधी, बाढी र अन्य विभिन्न प्राकृतिक प्रकोपका घटनाका कारण ३० लाखभन्दा बढी वयस्क आफ्नो घर छाड्न बाध्य भएको अमेरिकी समाचार वेबसाइट पोलिटिको अन मोले जनाएको छ ।

यदि देशले आफ्नो जलवायु लक्ष्यहरू पूरा गर्ने हो भने राष्ट्रपति बाइडेन र कांग्रेसले अझ धेरै काम गर्न आवश्यक देखिन्छ । यद्यपि अमेरिका लक्ष्य पूरा गर्न पर्याप्त कार्बन कटौती गर्ने बाटोमा छैन । अर्को राष्ट्रपति चुनाव अघि यी चिन्ताहरू सम्बोधन गर्नु बाइडेनका लागि चुनौतीपूर्ण हुन सक्छ । नयाँ जिओपी नियन्त्रित सदनबाट विरोध गर्नु भनेको नयाँ जलवायु कानुन पारित गर्नु असम्भव हुनु हो । कन्जर्भेटिभ पार्टी र सर्वोच्च अदालतले बाइडेनको शक्तिमा चुनौती थप्न सक्छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?