काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।
चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुग्नुभएका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११ः२० मा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा हुनुहुन्थ्यो । यद्यपि, उहाँको मृत्युको कारण भने खुल्न बाँकी छ ।
गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उहाँका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ ।
स्याङजा खुदी घर हुनुभएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो ।
पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहनुभएका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको