नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

हिमालय टाइम्स

फाइत तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गर्नुभएकाे हाे । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रिपूर्ण खेल खेल्नेछ ।

बिदाई पछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भएपनि टोलीले सुखद् नतिजा निकाल्ने बताउनुभयाे । दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताउनु भयो । भारत दक्षिण एशियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रिपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद् नतिजा रहेको प्रशिक्षक थापाले बताउनुभयाे ।

यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रिपूर्ण खेलमा सुखद् नतिजालाई निरन्तरता दिने बताउनु भयो । उहाँले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीलेको स्तर पनि बढेको बताउनु भयो । टोलीमा अनुभवि र नयाँ प्रतिभावान खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिालले राख्नुभएको छ । भारतसँगको मैत्रिपूर्ण खेल आगामी ओलम्पिकका लागि अनुभव संगाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने बताउनु भयो ।

पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्नुभएका थापाले नेपाली महिला फुटबल टोलीले आधुनिक फुटबल खेलाउने तयारीमा हुनुहुन्छ । एन्फाले मैत्रीपूर्ण खेलले ओलम्पिक छनोट खेलमा अनुभव खेलको रुपमा हेरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोली सोमवार चेन्नई प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?