लुम्बिनीका नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ

हिमालय टाइम्स
Read Time = 2 mins

दाङ। लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नवनियुक्त सात मन्त्रीलाई दिउँसो १ बजे पद तथा गोपनियताको शपथ गराउने भनिएको भए पनि हावाहुरीका कारण झण्डै २ घण्टा पछि शपथ गराइएको छ ।

दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त हुनुभएका मन्त्रीलाई शपथ दिलाउनु भयो ।

पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त हुनुभएको छ।

मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिनुभएको थियो । जसअनुसार जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?