तिला गाउँपालिका–४ मा रहेको टेलिकमको टावरलाई थप स्तरवृद्धि गरिने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको टावरलाई थप स्तरवृद्धि गरिने भएको छ । अघिल्लो जनप्रतिनिधिको समयमा स्थापन गरिएको टावर केही वर्षसम्म मात्र फोन सेवामात्र संचालन आएको थियो ।

पछि टावरमा समस्या आएपछि संचालनमा आएका छैन । सो वडाका आसपासका गाउँका स्थानीयलाई फोन गर्ने समस्या हुने गरेको जनगुनासो आएपछि टेलिकमको कर्णाली प्रदेश कार्यालयबाट प्राविधिक र जुम्ला टेलिकम कार्यालयबाट प्रमुखबाट टावरको अनुगमन गरिएको छ । तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार पहिलो घाम नलाग्ने ठाउँमा राखिएका विद्युतीय सामाग्रीलाई घाम लाग्ने ठाउँमा राखिने भएको छ । टावरमा थप फोरजी जडान गरी छिट्टै संचालनमा ल्याईने गाउँपालिका उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

अहिले टावरको उचाइ आठ मिटर मात्र रहेको छ । अब ३५ मिटर गरिने भएको छ । प्रदेश कार्यालयबाट आएका प्रविधिको प्रतिवेदन अनुसार पालिकाले काम अघि बढाउने तिला गाउँपालिका उपाध्यक्ष बुढाको भनाइ छ ।

सो बाम्निथानमा रहेको टावरको विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग समेत छलफल भएको थियो । टावरको पेनलाई घामलाग्ने ठाउँमा राखिने भएको छ । पालिका उपाध्यक्ष बुढाको सक्रियताले टावरको थप काम अघि बढेको सो वडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?