भारतीय विदेश सचिव क्वात्राको यस्तो छ- भ्रमण तालिका

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नु हुनेछ ।

सोमबार र मंगलबार उहाँले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शिर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सोमबार बिहान १०ः३० मा काठमाडौं उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनुहुनेछ । सो छलफल पछि पराराष्ट« सचिव पौडेलले उहाँको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनुहुनेछ । परराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नु हुनेछ ।

प्नधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा भने भारतीय प्नधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गनुृहुनेछ । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उहाँ त्यसका लागि बालकोट जानुहुनेछ ।

विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नु हुनेछ। मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरे पछि उहाँ स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?