काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड-२ ले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
फन्डले इकाइ धनीलाई असोज ८ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो । यता, फन्डको योजना व्यवस्थापक सिटिजन क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरे पछि मात्र लाभांश जम्मा हुने सिटिजन क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले करसहित ८५ नगद लाभांश वितरण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच