भारतीय विदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आउनुभएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुग्नुभएकाे छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा नेपाल आउनुभएका उहाँ सो होटेलमा नेपाल-भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । उहाँले सिमा सम्बन्ध, बातावरण, पर्यटन, यातायातलगायत द्विपक्षिय चासोको बिषयमा कुराकानी गर्नेुहुनेछ । त्यसपछि पराराष्ट्र मन्त्रालयले उहाँको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री  विमला राईसँग द्विपक्षीय भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने उहाँले भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकाेटमा भेट्ने कार्यक्रम तय भएको छ ।

विदेश सचिव क्वात्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उहाँ स्वदेश फर्कने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?