क्युआरमार्फत् किनमेल गर्दा आइफोन १३

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्युआरमार्फत् भुक्तानी गरी दशैंको किनमेल गर्दा दुईजना भाग्यशालीलाई आइफोन १३ प्रदान गर्ने भएको छ । असोज महिनाभर सञ्चालन हुने अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआरमार्फत् कारोबार गरी सामान खरिद गर्दा अभियानको अन्त्यमा गोलाप्रथामार्फत् दुई भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ । योजनामा सहभागी हुन असोज महिनाभर पाँच सय वा सोभन्दा बढीको क्युआरमार्फत् कम्तीमा छवटा भुक्तानी भएको हुनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?