भारतीय विदेश सचिव क्वात्राको दोस्रो दिन पनि भेटघाट जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल-भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आउनुभएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्ने हुनुभएको छ ।

आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दुतावास स्रोतले जनाएको छ ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री विमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?