लिभरपुलले एभर्टनलाई हरायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। एभर्टनलाई २–० अन्तरले पराजित गर लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ ।

एनफिल्डमा सोमबार राति भएको खेलमा मोहम्मद सलाह र कोडी गाक्पोको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेका हुन ।

लिभरपुलले सुरुवातदेखि नै दवाव सिर्जना गरेपनि गोलको लागि ३६औं मिनेट इजिप्टिन स्टार सलाहले गोल गर्दै लिभरपुलाई १–० को अग्रता दिलाए । उनले डार्विन नुनेजको पासमा गोल गर्न सफल भएका थिए । ४९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको क्रसलाई गाक्पोले सदुपयोग गर्दैै अर्को गोल थपेर क्लबलाई २–० को अग्रता दिलाए ।

लिभरपुलमा गाक्पोको यो पहिलो गोल हो, लिभरपुलका लागि सातौं खेलमा उनले पहिलो गोल गरेका हुन् । कतार विश्वकप २०२२ मा उच्च प्रदर्शन गरेपछि गाक्पो यसै मौसममा डच क्लब पिएसभी इन्डोभेनबाट लिभरपुल आएका थिए ।

यस जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २२ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?