महिलाको शव शंकास्पद अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 2 mins

बारा । निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरमा ४ दिनदेखि बेपत्ता स्थानीय कान्छिमाया घलानको शव शंकास्पद अवस्थामा फेला परेको छ । गत शनिवारबाट बेपत्ता बनेकी ७१ वर्षीया घलानको शव मंगलबार घर नजिकैको बुङ्गजोर खोला छेउमा रुखको स्याउलाले छोपेको अवस्थामा फेला परेको हो ।

स्याउलाले छोपेर राखेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

ढिलो खबर आएको र रात परेर अध्यारो भएकाले मंगलबार मुचुल्का तयार पार्न नभ्याइएपछि घटनास्थलमा नै शव छाडेर प्रहरी टोली फर्किएको छ ।

कर्तव्य गरेर हत्या गरेको हुनसक्ने भन्दै आफन्त र स्थानीयले पनि मृतकको शव उठाउन मानेका थिएनन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयाे ।

मृतक घलानको परिवारमा श्रीमानसहित २ छोरा छन । स्थानीयका अनुसार कान्छो छोराको मानसिक अवस्था बिग्रेको र ३/४ दिन अघिदेखि उनले पनि घर छोडेर हिडेको बताइएको छ । श्रीमान गाउँमै अर्को घरमा बस्ने र जेठो छोरा भने रोजगारीको क्रममा सिमरामा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?