गोंगबुमा मोबाइल लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौंको गोंगबुमा भएको तोडफोड र लुटपाटको घटनामा संलग्नहरु केहीलाई प्रहरी पक्राउ गरेको छ । फागुन १ गते काठमाडौं बालाजुमा आन्दोलनको नाममा भएको लुटपाटमा संलग्नलाई पक्राउ गरी सार्वजनिक समेत गरिएको छ ।

काठमाडौ महानगरपालिका वडा नं २६ गोंगबु नयाँबसपार्क स्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनु पर्ने, माईक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरुले आन्दोलन गरेकाे थिए ।

आन्दोलन उग्ररुप लिन गई नजिकै रहेको लोत्से महलमा केही लुटेराहरु प्रवेश गरी सुपर मार्केट तोडफोड गरी उक्त पसल भित्र रहेका मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु चोरी गरी लगेका थिए ।

तत्कालै प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्का लगायतका कार्य सम्पन्न गरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गरी सामानसहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु
१. जिल्ला दैलेख भगवती गा.पा. वडा नं. ३ घर भई हाल काठमाडौँ जिल्ला तारकेश्वर बस्वे वर्ष २४ को चिरन रेग्मी ।
२. जिल्ला काठमाडौं, काठमाडौँ महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी
३. जिल्ला रुपन्देही खैरेनी न.पा. वडा नं. ५ स्थायी वतन भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने वर्ष २२ को सुजन खत्री ।
४. जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ४ स्थायी वतन भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने वर्ष १८ को प्रदिप बस्नेत ।
 बरामद दशी
१. ROHS लेखेको कालो रंगको डिजिटल घडी थान-१, ऐ, घडीको चार्जर थान-१
२. HITECH लेखिएको एयरफोन थान २
३. मल्टिप्लग थान-१
४. अगरबत्ती बाल्ने धुप- १ प्याकेट
५. बट्टा सहितको REALME कम्पनीको स्क्रिन टच मोबाईल थान-१ ६. रु.४,०००/- बराबरको NTC/NCELL को रिचार्ज कार्ड
७. बट्टा सहितको REDMI नोट 11S स्क्रिन टच मोबाईल थान-१
८. ३३W लेखिएको चार्जर थान-१
उक्त घटनाको सम्बन्धमा प्रकरण (ख) मा बरामद दशीसहित प्रकरण (क) मा पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा सम्मानित काठमाडौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमती प्राप्त गरी प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भईरहेको छ । साथै घटनामा संलग्न अन्य संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?