प्रा.डा. थापाको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रा.डा.मनेहनहिमांशु थापाको निधन भएको छ । विसं १९९३ मा गोकर्णमा जन्मनु भएका थापा हाल ललितपुरको नखिपोटमा बस्दै आउनु भएको थियो । त्यहीँ आफ्नै निवासमा उहाँको तीन दिनअघि रक्तचापको कारण निधन भएको हो ।

विदेशमा रहेका छोराको प्रतीक्षामा पार्थिव शरीर अन्तिम संस्कार नगरी राखिएकोमा फागुन ६ गते शनिबार दिउँसो ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रा.डा.थापा आफू थापा भएर पनि नेपाल (नेवारी) भाषामा दखल राख्नुहुन्थ्यो । उहाँका ‘खुकुरीमाथि एक चौटा बादल’ कविता संग्रहसहित ‘साहित्य परिचय’ लगायत समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।

वरिष्ठ साहित्यकार थापाको तीन दिनअघि नै निधन भइसकेको भए पनि उहाँको निधनको खबर गुमनाम रहेकोमा सबैले आश्चर्य प्रकट गरेका छन् । अन्य क्षेत्रका सामान्य मानिसहरूको बारेमा पनि ठूलो हल्लखल्ला हुने गरेको भए पनि नेपालमा विद्वानहरूका बारे कसैको चासो नरहने कुरा डा.थापाको निधनबाट पुष्टि भएको छ । थापाले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?