सरकारले संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धि कानून परिमार्जन गर्दैछ : सञ्चारमन्त्री शर्मा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताउनुभएको हो ।

उहाँले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन,कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताउनु भयो । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने  औंल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनामा अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन परिमार्जन एवम नयाँ कानून बनाई समसामयीक सुधार गर्न लागिपरेको छ । नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरुको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु । राष्ट्रिय समाचार समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधारगरी समयअनकुल बनाई अझ विश्वानिय,शसक्त र प्रभावकारी समचार स्रोतको रुपमा प्रश्तुत हुनुपर्ने आवश्यकता छ । सूचना प्रविधि र रुचिमा आएको परिर्वतनलाई सम्बोधन गर्न खोजमुलक समाचाार संकलन कार्यलाई प्राथमिकता दिइ सोही अनुसार स्थानीय संवादाताहरुले व्यवस्थित रुपमा समाचार संकलन गरी सोवग्राही वृद्धि गर्न सक्नुपर्छ । संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्ने आर्थिक रुपमा मितव्यी बन्ने र भौतिक सम्पतीको संरक्षण संवद्र्धनलाई प्राथमिकता दिँदै आम्दानीका अन्य स्रोतहरु समेत पैलाएर आफूलाई आत्मनिर्भर बनाउनुपर्छ ।’

उहाँले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमुलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पतीको संरक्षण, संवद्र्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरु खोज्न सुझाव दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?