दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।

जिल्लाको मार्मा गाउँपालिका(३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो । दुर्घटनामा सहचालक घाइते भएका हुन् ।

कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?