ओसासुनामाथि म्याड्रिडको सहज जित

Read Time = 1 min

लण्डन । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेको छ । रियलले घरेलु टोली ओसासुनालाई २-० ले पराजित गरेको हो । जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी ५ अंकमा घटाएको छ । रियलको जितमा फेडे भाल्भेर्डे र मार्काे एसेन्सियोले गोल गर्नुभयो ।

खेलको ७८औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १-० को अग्रता दिलाउनुभयो । ८९औँ मिनेटमा भिनिसियसले गोल गरे पनि भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्जुरी समयमा परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियलको जित पक्का गराउनुभयो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?