बलात्कार आरो‍पमा एक पुरुष पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय  सुभाष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?