गायिका इन्दिरा जोशीको ‘ॐ नमः शिवाय’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको ॐ नम: शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गायिका जाेशीकै शब्द तथा संगीत रहेको ॐ नमः शिवायको एरेन्ज सक्षम श्रेष्ठले गर्नुभएकाे हाे ।

युवापुस्ताहरुलाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँनुहुन्छ । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा  इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भो भोले जय जय भन्दै देखापर्नुभएकाे छ ।

जाेशी आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँनुहुन्छ । गौरव बिष्ट र झोलेको  छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?