मार्करम सनराइजर्स हैदराबादको कप्तानमा नियुक्त

Read Time = 2 mins

हैदराबाद । दक्षिण अफ्रिकी खेलाडी एडम मार्करम सनराइजर्स हैदराबादको कप्तानमा नियुक्त हुनुभएको छ । मार्करमलाई कप्तान बनाउने चर्चा पहिले नै थियो । दक्षिण अफ्रिका टी-२० लिगमा हालै सनराइजर्स केप टाउनको उपाधि जित्नुभएका मार्करमले आइपिएलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उहाँकै कप्तानीमा हैदराबादले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२३ खेल्नेछ ।

१६औँ संस्करणको आइपिएलमा हैदराबादको कप्तानी मार्करमले गर्ने हैदराबादले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको एसए टी-ट्वान्टी क्रिकेट लिगमा मार्करम नै कप्तान रहनुभएको थियो । यता, हैदराबादले अक्सनअघि पूर्वकप्तान केन विलियम्सनलाई टोलीबाट फुकुवा गरेको थियो ।

हैदराबादले २०१६ डेविड वार्नरको कप्तानीमा बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो । १६औँ संस्करणको आइपिएल ३१ मार्चदेखि सुरु हुनेछ । हैदराबादले राजस्थान रोयल्ससँग २ अप्रिलमा पहिलो खेल खेल्दैछ । खेल हैदराबादमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?