गजेन्द्रनारायण सिंह अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अढाइ महिनादेखि सेवा ठप्प

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रेडियोलोजिस्ट डाक्टर नहुँदा भिडियो एक्सरे र सिटिस्क्यान सेवा पछिल्लो अढाइ महिना देखि ठप्प भएको छ ।

अस्पतालमा कार्यरत डा. आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको हो ।

अस्पतालले पटक÷पटक पत्राचार गरेपनि मन्त्रालयले चासो दिएको कारण रेडियोलोजिस्ट नहुँदा सेवाग्राही मर्कामा परेका छन् भने मेसिनहरू पछिल्लो अढाइ महिनादेखि प्रयोग विहीन अवस्थामा छन । एक सेवाग्राहीले भने, भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ । दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।

अस्पतालमा एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताउनु भयो । यसबारे मन्त्रालयलाई पत्र गइसकेको छ, उहाँले भन्नु भयो, मन्त्रालयले रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुनः सञ्चालनमा आउँछ ।

पछिल्लो एक वर्ष देखी अस्पतालमा उपचारसेवा खस्किदै गएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?