लघुवित्तको सेयरमा उच्च गिरावट

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संंस्थाको लाभांशमा कडाइ गरेसँगै लघुवित्तको सेयर मूल्य खस्किएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै लघुवित्त संस्थालाई आठबुँदे निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरण प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

लघुवित्तको लाभांश कडाइपछि लघुवित्तको सेयर बेच्ने लगानीकर्ता अधिक चापका कारण बिहीबार तीन दर्जन बढी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । लघुवित्तप्रति राष्ट्र बैंकले गरेको कडाइले सेयर लगानीकर्ता निरुत्साहित हुँदा सेयर बजार झण्डै ५८ अंकले घटेको छ । यस दिन तीन दर्जनभन्दा बढी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने करिब एक दर्जन लघुवित्तको नौ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से ५७.७४ अंकले घटेर २२२.६४ अंकमा झरेको हो । तर, नेप्से घटे पनि दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १४ को सेयर मूल्य बढेको छ भने दुई सय तीन कम्पनीको घटेको छ ।

स्वावलम्बन लघुवित्त, समीट लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सूर्योदय वोमी लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त, माहुली लघुवित्त, आरम्भ चौतारी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त, आँधीखोला लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, आदर्श लघुवित्त, धौलागिरि लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर सर्वाधिक १० प्रतिशतले घटेको छ । नेपाल हाइड्रो डेभलपर्स, सामलिङ पावर कम्पनीको सेयर मूल्य भने चार प्रतिशतभन्दा बढीले बढेको छ । छिमेकी लघुवित्तको आठ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?