मौसम परिवर्तनसँगै रूघा-खोकी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 8 mins

नवीन किरण भुसाल
पोखरा । मौसम परिवर्तनसँगै प्रायः सबैलाई रूघा-खोकी लाग्ने गर्दछ । रूघा सामान्य रोग भए पनि यसले सताएपछि कत्तिको हैरानी बेहोर्नुपर्छ भन्ने कुरा रूघा लागेको बेलामा मात्रै थाहा हुन्छ । संसारमा सायदै त्यस्तो व्यक्ति होला, जसलाई जिन्दगीको कुनै न कुनै बेला रूघा नलागेको होस् । भाइरसका कारणबाट हुने यो समस्यालाई ‘कमन कोल्ड’ पनि भनिन्छ ।

रूघा लागेको व्यक्तिले हाँच्छ्यु गर्दा उडेका स-साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रूघा लाग्ने सम्भावना हुन्छ । रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, खाना नखाएको बेलामा रूघा लाग्ने सम्भावना बढी हुन्छ ।

रूघा लागेको व्यक्ति कोठाका झ्याल-ढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रूघा फैलिने भएकाले यसका विरूद्ध खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुने गरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एन्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन । तर, रूघा निको पार्ने औषधि छैन ।

रूघा लागेको बेला निम्न कार्यहरू गर्न जरूरी हुन्छ :-
रूघा लागेको व्यक्तिको संसर्ग गर्नुहुँदैन । रूघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नुहुँदैन । यदि बस्नुपरेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसैगरी रूघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।

भिटामिन ‘सी’ पाइने अमला, कागतीजस्ता मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन ‘सी’को आपूर्ति हुनसक्छ । भिटामिन ‘सी’ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

रूघा लाग्नुभन्दा अघि धेरैजनालाई नाक र घाँटीमा के-के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्तमात्रामा पानी (विशेषगरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सुप प्रशस्तमात्रामा पिउनुपर्छ । रूघा लाग्दा प्रायः खानामा रूचि घट्ने हुनाले सुपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषण तत्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिकरूपमा धेरै थाक्ने काम नगर्दा नै छिटो आराम मिल्दछ ।

संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुने गरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एन्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रूघा निको पार्ने औषधि छैन । खोकी बढी नै लागेमा, ज्वरो बढेमा, श्वास फेर्न गाह्रो भएमा चिकित्सकको सल्लाह लिन ढिला गर्नुहुँदैन । रूघा-खोकी त हो नि भनेर बसिरहने हो भने अन्य समस्या आउन सक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ ।

घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र संक्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।

घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनवटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन ‘सी’ दिन्छ । महले थोरै भए पनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

सम्भव भएमा त पूरा जिउ नै तातोपानीको वाफमा राख्न सके वा तातोपानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रूघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा वासना आउने सञ्चो या टिन्चर बेन्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा वासना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा सास लिन सजिलो हुन्छ ।

रूघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन तर टाउको दुखेको, जिउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोलजस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जिउलाई धेरै आराम हुन्छ ।

तुलसीको पात र दानालाई दुई-तीन गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा आउन थालेको छ ।

खोकी बढी नै लागेमा, ज्वरो बढेमा, श्वास फेर्न गाह्रो भएमा चिकित्सकको सल्लाह लिन ढिला गर्नुहुँदैन । रूघा-खोकी त हो नि भनेर बसिरहने हो भने अन्य समस्या आउन सक्छ । त्यसैले चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?