राष्ट्रपति अत्याधिक मतले जित्छौँः नेता सिटौला

Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

शनिवार पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीले वरिष्ठ नेता पौडेललाई सर्वसम्मतीले स्वीकार गरेको बताउनु भयो ।

नेता सिटौलाले राष्ट्रपतिमा आफ्नो चर्चा हुनु स्वभाविक रहेको पनि बताउनु भयो । उहाँले शुक्रवार बैठमा सहभागी ८ दलले नै पूर्ण रुपमा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने पनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल सर्वसम्मत हुनुभएको हो । मेरो पनि चर्चा थियो, त्यो स्वभाविक पनि छ । सभापतिज्युले प्रश्ताव राख्नुभयो, हामीले सर्वसम्मतले पास गरेका छौँ । अहिले गठबन्धनमा रहेका सबैको समर्थन रहन्छ । उहाँको विजय निश्चित छ । अत्याधिक मतले विजय निश्चित छ ।’

नेता सिटौलाले राष्ट्रपतिमा पौडेल अत्याधिक मतले विजयी हुने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?