चितवन २ मा उम्मेदवार चयन गर्ने अधिकार सभापति देउवालाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार दिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार उपनिर्वाचनका लागि उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिएपछि दल दर्ता देखी अन्य कानुनी पाटो हेर्ने अधिकार मुख्यसचिव पौडेलले पाउनु भएकाे छ ।

चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि रिक्त सो स्थानमा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?