काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको छ : विमलेन्द्र निधी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा स्व.महेन्द्र नारायण निधीको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले तत्कालीन अवस्थामा नेपाली काँग्रेससहितको गठबन्धनलाई निरन्तरता दिन नसकेपनि काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेको बताउनु भयो । उहाँले अब बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जारी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौँ । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । तर अहिले पुनः नेपाली काँग्रेसले कोर्ष करेक्शन गरेर अघि बढेका छौँ । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ । आज बिहान काँग्रेसले निर्णय गरेर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । साथै उम्मेदवारी दर्ता पनि भइसकेको छ । अब यो गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म अघि बढ्नेछ ।’

नेता निधीले अबको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म मात्रै नभइ लामो समयसम्म जारी रहने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?