आन्तरिक राजस्व आम्दानीलाई व्यवस्थित गर्दै सिंजा गाउँपालिका

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाकाले आफ्नौ पालिका भित्रबाट उठ्ने आन्तरिक राजस्व आम्दानीलाई थप व्यवस्थित गर्ने भएको छ । मंगलबार एक राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना प्रकाशित गर्दे नदीजन्य पदार्थ उत्खनन गरी बिक्रि वितरण तथा आन्तरिक निकासी गर्ने सम्बन्धी बोलपत्र आव्हान गरेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पालिकाको आन्तरिक स्रोतलाई थप मजबुत बनाउनका लागी पालिकाले तोकेको दरमा बिक्रि गर्नेगरी खुल्ला प्रतिस्पर्धामा बोलपत्र आह्वन भएको छ । पालिकाकाले उठाउन नसकेको लाखौ राजस्व अब उठ्ने भएको छ । प्रारम्भिक वातावरणीय परिक्षणको लागी राय सुझाव पेश गर्ने सम्बन्धी असार २९ गते राष्ट्रिय दैनिक हिमालय टाइम्समा १५ दिने सार्वजनिक सूचना समेत प्रकाशित गरेका थियौं ।’

असोज ४ गते बसेको गाउँकार्यापालिको बैठकको निर्णय र (ईआइए) अध्ययन रिपोर्ट अनुसार वडा नम्बर १ देखि ३ सम्म दुङ्गा, गिट्टी र बालुवा उत्खनन् संकलन तथा विक्री वितरण गरि गाउँपालिकाको आन्तरिक राजस्वमा थप वृद्धि हुने गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।

विकास निर्माणदेखि सुशासन र सेवा प्रवाहमा सिंजा गाउँपालिकाको कार्य जनविश्वास र जनमुखी हुदै गएको छ । यो आर्थिक वर्षमा पालिकाले आन्तरिक आम्दानी १० लाख उठाउने लक्ष्य राखेकोमा नदीजन्य पदार्थको ठेक्का खुला भएसंगै पालिकाको आन्तरिक राजस्व अब वृद्धि हुने सिंजा गाउँपालिकाले जनाएको छ ।

वातावरणीय परिक्षण (ईआइए) गरी वोलपत्र प्रकाशित गरी आन्तरिक स्रोत बढाउन जिल्लाको पहिला स्थानीय तह सिंजा गाउँपालिका बनेको छ । जिल्लाका अरु स्थानीय तहले पनि आफ्नो आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्नेसके विकासे बजेटमा थप टेवा पुग्न सक्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
धर्मलालशर्मा
धर्मलालशर्मा
2022-09-28 4:54 am

नदि आफ्नाे निजि बृता हेाभन्ने सम्झेर दाेहन गर्ने र गराउने तिनकामतियार हरु लाइ ठेगान लगाउनु राम्राे।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?