कर्णालीको समग्र विकास मेरो पहिलो प्रथामिकता : मन्त्री शाही

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाहीले कर्णालीको समग्र विकासको लागि मेरो पहिलो प्रथामिकता रहेको बताउनुभयो ।

शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जुम्लाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले भन्नुभयो , 'विशेषगरी माथिल्लो कर्णालीको विकासका लागि मन्त्रालयले विकासे कामलाई गति दिएर काम गरेको छ । कर्णाली राजमार्गको थप स्तर उन्नति गर्नेका लागि प्रदेश सरकारले संघीय सरकारलाई समन्वय र सहकार्य मार्फत काम गरेको छ । प्रदेश सरकारले भौतिक पुर्वाधार मन्त्रालय बाट यहाँका सडक निर्माणलाई बजेट समेत विनियोजित गरि प्रदेशका दशवटै पुर्वाधार विकास कार्यालय बाट काम भइरहेको मन्त्री शाहीको भनाइ छ।'

टुक्रे योजनाका कारण कर्णालीको विकास हुन सकेको छैन । नेताको पावरले छुटाउने बजेट लाई अन्त्य गरि नागरिकको पहुँच सम्म पुग्ने र दीर्घकालीन सम्म राहत हुने योजनालाई मन्त्रालयले विशेष प्रथामिकतामा राखेर काम गरेको भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत राज्य मन्त्री उर्मिला विश्वकर्माले बताउनुभयो ।

कर्णालीका पत्रकारका लागि प्रदेश सरकारले आवश्यक सहयोग समेत गरेको छ । साविको माथिल्लो कर्णाली क्षेत्र बाट काम गर्ने पत्रकारका लागि मन्त्रालयले चाहिने सहयोग गर्ने तयार रहेको राज्यमन्त्री विश्वकर्माको भनाइ छ । पत्रकारले आफ्नौ धर्म र कर्तव्य निर्वाह गरि तथ्य मा समाचार संकलन गर प्रसारण गरे आम जनमानसमा राम्रो सन्देश जाने भएकोले सहि र सत्य समाचार उठान गर्न आजको पत्रकार जगतको महत्त्वपूर्ण काम भएको पुर्व पशुपन्छी विकास मन्त्री गोमा गौतमले बताउनुभयो ।

पत्रकारको हक अधिकार सुनिश्चित गर्ने र पत्रकार क्षेत्रमा लागेका लाई दिगोपन गर्न र उनीहरूको क्षमता अभिवृद्धि गर्ने प्रदेश सरकारले सहयोग गर्न अति आवश्यक रहेको प्रेस सेन्टर नेपाल जुम्लाका अध्यक्ष विजय रावतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?