लोयल्टी कप सोमबारदेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा ११औँ लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकका २ सहित १२ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र लिम्बूले जनाउनुभएको छ ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । विगतका १० संस्करण भने नकआउट पद्धतिमा भएका थिए ।

समूह ‘ए’ मा लोयल्टी ‘बी’, त्रिज्योति र ज्ञानोदय तथा समूह ‘बी’ मा लोयल्टी ‘ए’, नेक्सस र विद्या संस्कार छन् । रिलायन्स, काठमाडौं भ्याली र लिटिल एन्जल्स समूह ‘सी’ तथा चाँदबाग, काष्ठमण्डप र टाइमलाइन समूह ‘डी’ मा छन् । प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् । पाँचदिने प्रतियोगिताका खेलहरू मण्डिखटारस्थित आयोजककै मैदानमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?