सन्दीपको मुद्धामा आज पनि सुनुवाई हुँदै, विदेश जान पाउने कि नपाउने निर्णय हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्धामा आज पनि सुनवाई हुने भएको छ ।

आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिमा मुद्दा हेर्दाहेर्दैमा राखिए पछि आज पनि सुनवाई हुन लागेको हो ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च रिट दायर गरेको थियो । त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

एक नाबालिग माथी बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई बिदेश जान भने रोक लगाएको थियो । सो आदेशका बिरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका हुन । जस बिरुद्ध परेका रिटमा सर्वोच्चमा सुनवाई भईरहेको हो ।

सरकार र लामिछानेको दुबै मुद्दामा गत शुक्रबार देखी भएको सुनवाई नसकिए पछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतको बन्द इजालासमा भएको सुनवाई पछि क्रिकेटर लामिछाने विदेश जान पाउने कि नपाउने फैसाल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?