काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन ।
प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हालि रहनुभएको छ ।
यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, शहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।
वन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिनादेखि रिक्त हुँदै आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।
आइतबार राप्रपाका मन्त्रीहरूले राजीनामा दिए पछि उर्जा, जलस्रोत, शहरी विकास र संसदीय मामिला मन्त्रालय पनि रिक्त हुन पुगेको छ ।
राप्रपाका मन्त्रीहरूका राजीनामा स्वीकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका आठ मन्त्रालय रिक्त हुन पुगेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच