सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, विदेश जान पनि अनुमति

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले उक्त फैसला गरेको हो । साथै सर्वोच्चले सन्दीपलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ ।

सन्दीपले उच्च अदालतको पाटनको आदेशविरुद्व दायर गरेको रिटमाथि सुनुवाई भएको थियो। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेलगायतले बहस गर्नुभएको थियो ।

धरौटीमा रिहा भएका सन्दीपलाई उच्च अदालतले देश छोडेर बाहिर जान भने रोक लगाएको थियो । खेल्नका लागि देश बाहिर पनि जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए ।

धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो भने सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?