मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालको लगातार चौथो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ ।

चौथो जित हात पार्ने क्रममा नेपालले यूएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियालाई पराजित गरेको हो ।

नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई जीत हात पार्यो ।

नेपालका लागि पनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे ।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाएको थियो ।

यसअघि मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५.३ ओभरमा ७२ रनमा अल आउट भयो । दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए।

यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।

मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?